सार्वजनिक विदाका दिन मुगुमा सरकारी गाडीको दुरुपयोग « Khabarhub

सार्वजनिक विदाका दिन मुगुमा सरकारी गाडीको दुरुपयोग


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सार्वजनिक विदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर मुगुमा भने यो नियमको पालना भएको पाइँदैन ।

मुगुमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन आज विशेष गरेर लुतो फाल्ने दिन, साउने संक्रान्तिको पर्वको निहु पारेर दर्जनबढी सवारीको दुरुपयोग भएको पाइएको हो ।

यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । मुगुमा प्राय कर्मचारी कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।

आज परेको साउने संक्रान्तिमा विदाको समय भएता पनि सरकारी सवारी साधन लिएर मुगुका मुख्य पर्यटकिय स्थल रारा ताल , लगायत अन्य स्थानहरुमा गाडी लिएर यात्रु बोक्ने काम गरेको पाईएको हो । कर्णाली प्रदेश सरकारले साउनको १ गते दश वटै जिल्लामा सार्वजानिक विदा दिइएको छ ।

बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने तर यहाँका कुनै पनि सरकारी कार्यालयले पास नलिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।

ट्राफिक प्रहरीको दोहोरी नीति

मुगुमा विदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारवाही गर्न ट्राफिक प्रहरीले वेवास्ता गरेको छ । तर सर्वसाधारणमाथि भने उसले नियम पालनामा कडाइ गरेको आरोप लागेको छ । यसबारे प्रश्न गर्दा एक जना ट्राफिक प्रहरीले जिल्ला प्रशासनमा बुझ्न भने ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ०४ बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको