सार्वजनिक विदाका दिन मुगुमा सरकारी गाडीको दुरुपयोग « Khabarhub

सार्वजनिक विदाका दिन मुगुमा सरकारी गाडीको दुरुपयोग


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सार्वजनिक विदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर मुगुमा भने यो नियमको पालना भएको पाइँदैन ।

मुगुमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन आज विशेष गरेर लुतो फाल्ने दिन, साउने संक्रान्तिको पर्वको निहु पारेर दर्जनबढी सवारीको दुरुपयोग भएको पाइएको हो ।

यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । मुगुमा प्राय कर्मचारी कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।

आज परेको साउने संक्रान्तिमा विदाको समय भएता पनि सरकारी सवारी साधन लिएर मुगुका मुख्य पर्यटकिय स्थल रारा ताल , लगायत अन्य स्थानहरुमा गाडी लिएर यात्रु बोक्ने काम गरेको पाईएको हो । कर्णाली प्रदेश सरकारले साउनको १ गते दश वटै जिल्लामा सार्वजानिक विदा दिइएको छ ।

बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने तर यहाँका कुनै पनि सरकारी कार्यालयले पास नलिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।

ट्राफिक प्रहरीको दोहोरी नीति

मुगुमा विदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारवाही गर्न ट्राफिक प्रहरीले वेवास्ता गरेको छ । तर सर्वसाधारणमाथि भने उसले नियम पालनामा कडाइ गरेको आरोप लागेको छ । यसबारे प्रश्न गर्दा एक जना ट्राफिक प्रहरीले जिल्ला प्रशासनमा बुझ्न भने ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ०४ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि