प्रचण्डलाई बोलाएर भारतले दिन खोजेको सन्देश | Khabarhub Khabarhub

प्रचण्डलाई बोलाएर भारतले दिन खोजेको सन्देश


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे ।

चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् ।

सत्तारुढ भारतीय जना पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले आफ्नो चिनियाँ अधिकारीको भ्रमणसँग भारत भ्रमणको कुनै महत्व नरहेको दाबी गरेका थिए । तर, तीन दिने भारत भ्रमणले भने चिनियाँ चासोको जवाफ दिएको भान भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हु्न्छ भन्दै शुक्रबार दिल्ली उडेका प्रचण्ड आइतबार स्वदेश फर्किए । तर अन्तिमसम्म प्रयास गर्दा पनि मोदीसँग उनको भेटवार्ता हुन सकेन । स्वदेश फर्किएपछि मोदीसँगको भेटलाई उनले खासै महत्त्वमा नभएको भन्ने खालको जवाफ दिए ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’

प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र होला ? प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।

यससँगै प्रचण्डले मोदीसँग भेटेको भए फोटो खिच्ने कुरा मात्र हुने र त्यो भन्दा बढी नहुने अर्थमा कतिपयले बुझेका छन् । के यसअघिका भेटमा सीमा, व्यापार लगायत राष्ट्रिय हीतका विषयमा हुने गरेका भनिएका वार्ताहरु बारेको विवरणहरु सत्य थिएनन् त भन्ने प्रश्न उब्जिएको छ ।

उनको भ्रमण विशेषत सत्तापक्षसँग मात्र केन्द्रीत रहेको देखिएको छ । प्रचण्डले निम्ता दिने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डा बाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।

सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत भने स्पष्ट रुपमा दिएको छ । चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बध रहेको देखाउने अवसरको भारतले भरपूर उपयोग गरेको देखिएको छ ।

आफ्नो भारत भ्रमण सफल भएको दाबी प्रचण्डको छ । मोदीसँग भेट नभए पनि अरुसँगको भेट उलपब्धिपूर्ण भएको उनी बताउँछन् । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने,‘म निकै आशावादी भएर फर्किएको छु।’

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : १२ बजे

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

भोजपुर– मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका