प्रचण्डलाई बोलाएर भारतले दिन खोजेको सन्देश « Khabarhub

प्रचण्डलाई बोलाएर भारतले दिन खोजेको सन्देश


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे ।

चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् ।

सत्तारुढ भारतीय जना पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले आफ्नो चिनियाँ अधिकारीको भ्रमणसँग भारत भ्रमणको कुनै महत्व नरहेको दाबी गरेका थिए । तर, तीन दिने भारत भ्रमणले भने चिनियाँ चासोको जवाफ दिएको भान भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हु्न्छ भन्दै शुक्रबार दिल्ली उडेका प्रचण्ड आइतबार स्वदेश फर्किए । तर अन्तिमसम्म प्रयास गर्दा पनि मोदीसँग उनको भेटवार्ता हुन सकेन । स्वदेश फर्किएपछि मोदीसँगको भेटलाई उनले खासै महत्त्वमा नभएको भन्ने खालको जवाफ दिए ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’

प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र होला ? प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।

यससँगै प्रचण्डले मोदीसँग भेटेको भए फोटो खिच्ने कुरा मात्र हुने र त्यो भन्दा बढी नहुने अर्थमा कतिपयले बुझेका छन् । के यसअघिका भेटमा सीमा, व्यापार लगायत राष्ट्रिय हीतका विषयमा हुने गरेका भनिएका वार्ताहरु बारेको विवरणहरु सत्य थिएनन् त भन्ने प्रश्न उब्जिएको छ ।

उनको भ्रमण विशेषत सत्तापक्षसँग मात्र केन्द्रीत रहेको देखिएको छ । प्रचण्डले निम्ता दिने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डा बाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।

सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत भने स्पष्ट रुपमा दिएको छ । चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बध रहेको देखाउने अवसरको भारतले भरपूर उपयोग गरेको देखिएको छ ।

आफ्नो भारत भ्रमण सफल भएको दाबी प्रचण्डको छ । मोदीसँग भेट नभए पनि अरुसँगको भेट उलपब्धिपूर्ण भएको उनी बताउँछन् । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने,‘म निकै आशावादी भएर फर्किएको छु।’

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : १२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका