नेपाल बैंकको एक्स्टेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा « Khabarhub

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल श्री विजय थापाले संयुक्त रुपमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल,सैनिक शाखाका शाखा प्रबन्धक श्री कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा दिन अझ सहज हुने विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ४८ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा