काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त | Khabarhub Khabarhub

काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ।

उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत छन्। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : १३ बजे

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । 

नाउपा र जनमतबीच अब एकता हुन्न होला

काठमाडौं- रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक हुन्

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर

भारतीय वीरंगनालाई जंगबहादुरले लगाएको त्यो गुन

काठमाडौं– नेपाली शासकले दुःख दिँदा होस् कि देश निकाला गर्दा