कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू) « Khabarhub

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर तथा बागमती नदी किनारमा भक्तजनको चहलपहल बढेको हो।

कुशे औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ। सोहीअनुसार टाढाटाढाबाट आएका श्रद्धालुले बागमती नदीमा स्नान गरी पितृको नाममा तर्पण तथा पिण्डदान गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

यस दिन जीवित बुबालाई मिठा परिकार, नयाँ कपडालगायत सामग्री प्रदान गरी सम्मान गर्ने चलन पनि छ। बुबा नहुनेहरूले भने दिवंगत पितृको सम्झनामा गोकर्णसहित विभिन्न तीर्थस्थलमा पुगेर श्राद्ध तथा तर्पण गर्ने गरेका छन्।

हिन्दू धर्मावलम्बीका लागि कुशे औंसी पितृ स्मरण तथा पारिवारिक सम्बन्धप्रति सम्मान प्रकट गर्ने महत्वपूर्ण दिनका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यस दिन गोकर्णमा श्राद्ध तथा तर्पण गर्दा दिवंगत पितृले शान्ति प्राप्त गर्ने विश्वास रहँदै आएको छ।

कुशे औंसीलाई ऋषितर्पणी औंसी तथा गोकर्ण औंसीका रूपमा समेत चिनिन्छ। यसै दिन धार्मिक तथा संस्कारजन्य कार्यमा प्रयोग गरिने कुश घरमा भित्र्याउने परम्परा छ। पवित्र वनस्पतिका रूपमा मानिने कुशको हिन्दु धार्मिक अनुष्ठानमा विशेष महत्व रहेको छ।

गोकर्णमा बिहानैदेखि श्रद्धालुको भीड बढेपछि मन्दिर परिसर तथा बागमती नदी किनारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। श्रद्धालुको सहज आवागमन तथा धार्मिक गतिविधिलाई व्यवस्थित गर्न विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : १५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि