बेनसँग जेनिफरले कसिन लगनगाँठो « Khabarhub

बेनसँग जेनिफरले कसिन लगनगाँठो


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हलिउड अभिनेत्री जेनिफर लोपेजले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभ साइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन् ।

‘हामीले यो गर्‍यौँ। प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन्।यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।

गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् ।

जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरूले विवाहको अनुमति पत्र लिएका थिए । जहाँ अन्य चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो ।

सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरू इन्गेज्ड भए । लगत्तै उनीहरूले मिडियाले आफूहरूलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरू अलग्गिने निर्णय गरेका थिए ।

यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : २० बजे

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ