पानीमा डुबेर तीन जनाको मृत्यु « Khabarhub

पानीमा डुबेर तीन जनाको मृत्यु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार मृत्यु भएको छ । 

कैलालीको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने ९ वर्षीया  आयुशा ठकुल्लाको घर नजिकै रहेको कटनी नदीमा डुबेर आइतबार मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडा बस्ने नवराज शर्माकी छोरी एक वर्षीया अर्जिका शर्माको आल्मुनियमको बाल्टीमा डुबेर आइतबार मृत्यु भएको छ । 

आफ्नै घरमा खेल्ने क्रममा भाँडावर्तन धुन राखेको बाल्टीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ३० बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको