इरानमा कोभिड १९ को सातौँ लहर « Khabarhub

इरानमा कोभिड १९ को सातौँ लहर


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।

पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्री बहरामले आइतबार पाँच हजार ७०० भन्दा बढी नागरिकमा कोभिडको सङ्क्रमण देखा परेको र १३ जनाको ज्यान गएको बताएका छन् ।

ती नयाँ संक्रमितहरुमध्ये ६ सयभन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गइसको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ३९ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने