सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ३१ करोडको कारोबार « Khabarhub

सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ३१ करोडको कारोबार


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरू मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरूको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकै दिन नौ करोड ३४ लाख रुपैयाँभन्दा माथि कारोबार भएको छ ।

त्यस्तै, एसिएन लाइफ इन्स्योरेन्सको सात करोड ३९ लाख, अपि पावरको पाँच करोड ८९ लाख, अपर तामाकोसीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको चार करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ३१ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी