होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान « Khabarhub

होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाले पनि काठमाडौँ महानगरमा जस्तै होटेल, रेष्टुरेण्ट तथा विभिन्न संघ संस्थाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ ।

मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तीय संस्था, होटेल, रेष्टुरेण्टलगायत संस्थाका व्यावसायिक, गैरव्यवसायिक र पेसागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाइ र स्यानिटरी सामग्रीमा महानगरले सहयोग गर्ने, विशेष लोगो र पहिचानयुक्त संकेत राख्ने छ ।

यसअघि महानगरको कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । इच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेस गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेभ साइटमा राख्ने, महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिने मेयर धनराज आचार्यले बताए । योसँगै चालू आर्थिक वर्षदेखि महानगरले सार्वजनिक शौचालय निर्माणमा विशेष चासो दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २१ बजे

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई