चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द « Khabarhub

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।

अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए ।

हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिए ।

गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : १५ बजे

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो

कनकाईबाट ५६३ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित

हर्मुज खुला गरिएको इरानी विदेशमन्त्रीको घोषणा

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा

श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौं- श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति