प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अन्तर्गत ४ ओटा प्रयोगशाला भ्यान खरिदमा अनियमितता गरेको भन्दै १२ कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १२ जना कर्मचारी र १ जना व्यापारिक कम्पनीका प्रतिनिधिविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य बस्तुको गुणस्तर मापन (चेकजाँच) गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४ ओटा मोबाइल भ्यान (प्रयोगशालाजडित गाडी) खरिद गरेको थियो ।

विभागले खरिद गरेका प्रयोगशालाजडित गाडी काठमाडौंको कमलादीस्थि प्रुडेन्ट मेडिटेक इन्टरनेशनलले आपूर्ति गरेको थियो । तर, आफूर्ति गरिएको प्रयोगशालामा रसायन र उपकरणहरु स्वीकृत मापदण्डअनुसार भए÷नभएको विषयमा परीक्षण गर्दा गुणस्तरहीन देखिएको भएपनि विभागका महानिर्देशक कर्णसहितको मिलेमतोमा खरिद गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले गरेको अनुसन्धानबाट प्रयोगशालाजडित गाडी खरिद प्रकरणमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बराबर हिनामिना भएको देखिएको छ ।

अख्तियारले विभागका महानिर्देशक कर्णसहित वरिष्ठ खाद्य अनुसन्धन अधिकृ पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायव सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको खुमलटारस्थित कार्यालयका उपसचिव गणेश प्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तत्कालीन परियोजना, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध पनि बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभागका लागि प्रयोगशालाजडित भ्यान आपूर्ति गर्ने प्रुडेन्ड मेडिटेक इन्टरनेशनका प्रतिनिधि प्रविण कुँवरविरुद्ध २४ करोड ८० लाख ९५ हजार १ सय १६ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : ४९ बजे

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

सुनसरी– नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको

घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र

गोरखा– गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट

संस्कृति संरक्षणका लागि घोडा दौड

वीरगञ्ज– पर्सास्थित वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

सुनसरी– धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा बिहानैदेखि वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल