थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि « Khabarhub

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।

देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् ।

उनले भने, “गतहप्ता पत्ता लागेका अधिकांश नयाँ सङ्क्रमितहरू वृद्ध तथा दीर्घकालीन रोग लागेका मानिसलगायत उच्च जोखिम भएका समूहमध्ये थिए, जसमध्ये धेरैलाई खोप लगाइएको थिएन वा पूर्ण खोप लगाइएको थिएन ।”

“हालैका बिदाको क्रममा अन्तर–प्रान्तीय यात्रामा आएको अत्यधिक वृद्धिले गर्दा कोभिड–१९ सङ्क्रमणहरूको सङ्ख्यामा वृद्धि हुनु स्वभाविक होे र यसलाई नियन्त्रणमा राख्न थप निगरानीको आवश्यकता पर्दछ,” ओपसले भने ।

सम्भावित प्रकोपलाई फैलिन नदिन तयारीका लागि कोभिड–१९ का औषधि तथा चिकित्सा सामग्रीहरू खरिद गर्न थाई मन्त्री परिषद्ले सोमबार झन्डै ११ करोड अमेरिकी डलर छुट्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

थाइल्याण्डले सोमबार थप एक हजार ८१४ जनामा कोभिड–१९ र १७ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ५८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२