थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि « Khabarhub

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।

देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् ।

उनले भने, “गतहप्ता पत्ता लागेका अधिकांश नयाँ सङ्क्रमितहरू वृद्ध तथा दीर्घकालीन रोग लागेका मानिसलगायत उच्च जोखिम भएका समूहमध्ये थिए, जसमध्ये धेरैलाई खोप लगाइएको थिएन वा पूर्ण खोप लगाइएको थिएन ।”

“हालैका बिदाको क्रममा अन्तर–प्रान्तीय यात्रामा आएको अत्यधिक वृद्धिले गर्दा कोभिड–१९ सङ्क्रमणहरूको सङ्ख्यामा वृद्धि हुनु स्वभाविक होे र यसलाई नियन्त्रणमा राख्न थप निगरानीको आवश्यकता पर्दछ,” ओपसले भने ।

सम्भावित प्रकोपलाई फैलिन नदिन तयारीका लागि कोभिड–१९ का औषधि तथा चिकित्सा सामग्रीहरू खरिद गर्न थाई मन्त्री परिषद्ले सोमबार झन्डै ११ करोड अमेरिकी डलर छुट्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

थाइल्याण्डले सोमबार थप एक हजार ८१४ जनामा कोभिड–१९ र १७ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ५८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने