संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै | Khabarhub Khabarhub

संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबार सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ।

संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ।

अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसहित समितिले अहिलेसम्म १० जना कर्मचारीसँग सीसीटीभी फुटेजका सम्बन्धमा शोधपुछ गरिसकेको छ।

समिति सदस्य देव गुरुङका अनुसार फुटेजका विषयमा जानकार व्यक्तिसँग मंगलबार छलफल हुन लागेको हो। यसअघि सोमबारको समितिले मन्त्रालयका आईटी विज्ञसँगसमेत छलफल गरिसकेको छ।

गत मंगलबारदेखि छानबिन सुरु गरेको संसदीय समितिले शोधपुछ र अनुसन्धानलाई तीव्र पारेको हो। सबै क्षेत्रबाट प्रमाण संकलन गरेपछि मात्र समितिले पूर्वअर्थमन्त्री शर्मासँग शोधपुछ गर्ने तयारी गरेको छ।

बजेट निर्माण अवधिको सीसीटीभी फुजेज माग्दा नभएको बयान कर्मचारीले दिएपछि समितिले हार्डडिस्क्स मागेर विज्ञसँग छलफल गर्न लागेको हो।

समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो। जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज माग भए पनि मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क्स उपलब्ध गराइएको छ। मन्त्रालयका कर्मचारीले डिलिट भएको वा रेकर्डमा नभएको बयान दिएपछि सो अवधिको हार्डडिस्क्स मागेर अनुसन्धान गर्न लागेको हो।

बयानका क्रममा मन्त्रालयका कर्मचारीले अनधिकृत व्यक्तिको प्रवेश भएको कुरालाई अस्वीकार गरेका छन्। १० दिनको म्याद पाएको समितिको काम सुरु गरेको सात दिन भएको छ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा