संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए। उनले भने, “निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल हुनसक्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ४३ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।