काठमाडौँ महानगरले ल्यायो तीन वटा दमकल  « Khabarhub

काठमाडौँ महानगरले ल्यायो तीन वटा दमकल 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ ।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ । सोही अनुरूप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरू महानगरमा आइपुगेका छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरूको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’

सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उनले आगोको विषयमा कहिल्यै पनि हेलचेक्र्याइँ नगर्न सबैलाई अनुरोध गरेका छन् ।

‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिल्यै हुन्छ । काठमाडौँ जस्तो क्षेत्रहरू जहाँ आफ्नै संरचनागत खराबीहरूले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सीमितता छ, त्यस्ता क्षेत्रहरूमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाहले भनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : २३ बजे

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा

यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि