डंकी लुक्समा देखिए शाहरुख  « Khabarhub

डंकी लुक्समा देखिए शाहरुख 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा पठानमा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । त्यसपछि उनले आफ्नो हिट फिल्म ‘डन’ को तेस्रो सिरिजमा काम गर्ने तयारी गरेका छन् ।

पछिल्लो फिल्म ‘जिरो’ सम्म फ्लपको सामना गरेपछि शाहरुखले ब्रेक लिएका थिए । उनी अब भने ५ वर्ष पश्चात बलिउडमा कमब्याक गर्न तयार छन् । यी मध्ये डंकी प्रतीक्षित छ । हिरानीको निर्देशनमा तयार हुने भएकोले पनि फिल्मलाई लिएर दर्शक उत्साहित छन् । लण्डनमा फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा शाहरुखको लुक्स देखिएको छ ।

जसमा उनी क्याजुअल लुकमा देखिएका छन्। यस फोटोमा शाहरुख खानले चेक शर्ट र ट्राउजर लगाएका छन् र उनी दाह्रीमा देखिएका छन्। सेटमा उनको वरिपरि चालक दलका सदस्यहरू देखिन्छन्। बेलायत र युरोपमा फिल्म डंकीको सुटिङपछि शाहरूख खान भारत आउने र पञ्जाबमा सुटिङ गर्ने बताइएको छ।

हिरानी र खानले पहिलोपटक सँगै काम गर्न लागेको फिल्ममा सीमा अध्यागमनको कथा हुनेछ। सामाजिक कथामा बन्ने फिल्ममा भारतको पञ्जाब राज्यको कथालाई देखाइनेछ। पञ्जाबबाट क्यानडा जानका लागि संघर्षपूर्ण यात्रा गर्ने व्यक्रिको कथालाई लिएर फिल्म बन्न लागेको हो। ‘डंकी फ्लाइट’ अर्थात सिमाना पार गर्ने अवैध बाटोको भन्ने बुझिन्छ। अवैध सिमा अध्यागमनको विषयलाई समेटिने भएकाले पनि फिल्मको नाम ‘डंकी’ राखिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ४३ बजे

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं– विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र

विपक्षीको विरोध नरोकिएपछि संसद् बैठक जेठ २५ सम्मलाई स्थगित

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते दिएको गम्भीर

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र