रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तक आउँदै, संवैधानिक राजसंस्था पुनः स्थापनाको पक्षमा « Khabarhub

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तक आउँदै, संवैधानिक राजसंस्था पुनः स्थापनाको पक्षमा


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवीन्द्र मिश्रको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। ‘विचारभन्दा माथि देश’ मा मिश्रले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषय नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण घातक भएको निष्कर्ष निकालेका छन्।

उनले नेपालमा संवैधानिक राजसंस्था पुनः स्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ।’

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ लाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थ केन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०–७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्र घात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।

मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’ का लागि एउटा दस्ताबेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदनशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ०१ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको