बलिउडमा काम गर्ने विषयमा बोले अल्लु अर्जुन  « Khabarhub

बलिउडमा काम गर्ने विषयमा बोले अल्लु अर्जुन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूले बलिउडलाई समेत आफ्नो दर्शक बनाइसकेको छ। साउथको फिल्मलाई बलिउडमा रिमेक गर्ने मेकर्सहरुले सेमडेट रिलिज हुने फिल्मको कारण रिमेक गर्न सकेका छैनन् । यस्तै, साउथ इन्डियन अभिनेताहरूको बलिउडमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै हिन्दी फिल्मको अफरहरू समेत गरिरहेका छन् । 

केही समय अगाडि महेश बाबुलाई हिन्दी फिल्ममा काम गर्ने विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले बलिउडले आफूलाई अफोर्ड गर्न नसक्ने बताएका थिए । पुष्पामार्फत नर्थ इन्डियामा पनि बलियो फ्यान फ्लोअर्स बनाएका अल्लु अर्जुनले हिन्दी फिल्म आफ्नो कम्फर्ट जोन भन्दा बाहिर रहेको बताए । ‘मैले हिन्दीमा असहजता महसुस गर्ने छु । यद्यपि त्यहाँका दर्शकमार्फत पाएको मायाको कारण फिल्म गर्नेछु’ उनले भने । 

मुम्बईमा अपार्टमेन्ट खरिद गरेका अल्लु अर्जुनलाई हिन्दी फिल्मको प्रस्ताव पनि भइरहेका छन् । यद्यपि उनले सहमति दिएका छैनन् । उनको आगामी फिल्म ‘पुष्पा : द रूल’ अगाडि अन्य फिल्म गर्ने सम्भावना न्यून छ । उनी पुष्पाको सिक्वेलको छायांकनको तयारीमा छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै