के अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ? « Khabarhub

के अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अल्लु अर्जुन पछिल्लो समय आफ्नो फिल्म ‘पुष्पा’ का कारण निकै चर्चामा छन् ।

उनले उक्त फिल्म मार्फत दक्षिण भारतमा मात्र नभई नर्थ इन्डियामा पनि उत्तिकै फ्यान बनाए । उनको स्टारडमले बलिउडलाई समेत धक्का दियो ।

यिनै अल्लुलाई हिन्दी फिल्मको अफर पनि गयो । तर , उनी पुष्पाको सिक्वेल ‘पुष्पा : द रूल’ को काम नसकी अन्य फिल्ममा काम गर्ने योजनामा छैनन् ।

होम प्रोडक्सनकै फिल्म भए पनि निर्देशक सुकुमारले उनलाई पुष्पाको ब्राण्ड भ्यालु अन्य स्थानमा प्रयोग गर्ने अनुमति दिएका छैनन् ।

पुष्पाको सिक्वेलको चर्चाकै बीच यसमा अभिनय रहने अर्का कलाकार फहाद फासिलले ‘पुष्पा’को तेस्रो भाग पनि बन्ने बताएका छन् । उनले निर्देशक सुकुमारले तेस्रो भागका लागि पनि तयार रहन भनेकाले तेस्रो भाग पनि बन्ने बताए ।

रक्त चन्दन तस्करीको कथामा बनेको फिल्ममा फहादले प्रहरीअधिकृतको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको दोस्रो भाग सुटिङको मुखमा फहादले निर्देशक सुकुमारले आफूलाई तेस्रो भागका लागि पनि तयार रहन निर्देशन दिएको र यसका लागि निर्देशकसँग प्रशस्त सामग्री रहेको बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : १६ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल