करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी « Khabarhub

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष याम राईले बताए ।

६ वडामध्ये एमाले वडा कमिटिले सोमबार जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायिक स्वास्थ्य इकाई बाम्राङ, सामुदायिक स्वास्थ्य इकाई कात्तिके, जलेश्वरी माबि र महेन्द्रज्योती आधारभुत विद्यालयमा ताला लगाएको थियो । गाउँपालिकाले करारका ८१ जना कर्मचारीलाई हटाउने निर्णय गरेपछि एमाले वडा कमिटि तालाबन्दीमा उत्रिएको हो ।

गाउँपालिकाको बजेटबाट तलव पाउने गरी नियुक्त भएका करारका कर्मचारीको १ साउनदेखि करार म्याद थप नगर्ने निर्णय बिरुद्ध एमाले वडा कमिटिले सम्बन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई लगायतका कार्यालयमा ताला बन्दी सुरु गरेको हो ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलव भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पुर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वालविकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो ।

एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीलाई गठबन्धनले हटाइएपछि एमाले रुष्ट छ । अनावश्यक रुपमा नियुक्त गरिएका करारका कर्मचारी हटाएर आवश्यकताका आधारमा पुःन करारको कर्मचारी नियुक्त गरिने जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि १ असारदेखि लागु हुनेगरी करारका २८ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । करारका कर्मचारी हटाउने नगरको सो निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले विरोध जनाएको छ ।

दैनिक ज्यालादारी र करारमा कामकाज गरिरहेका कर्मचारीको गाँस काटेर पेटमा लात हान्ने निर्णय खारेज गरी करार र दैनिक ज्यालादारीका कर्मचारीमाथि कुनै पनि किसिमको राजनीति नगर्न र तत्काल म्याद थप गरी कामकाज गर्ने वातावरण सृजना गर्न संगठनको माग छ ।

कतिपय स्थानीय तहले आफ्नो मान्छे भर्ती गर्नका लागि करारका कर्मचारी धमाधम हटाउन थालेको धेरैको बुझाइ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : ४१ बजे

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको