जफर पनाहीलाई ६ वर्षको जेल सजाय « Khabarhub

जफर पनाहीलाई ६ वर्षको जेल सजाय


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दई जना छायाँकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि पक्राउ परेका इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले ६ वर्षको जेल सजाय सुनाएको छ ।  इरानी सरकारको भ्रष्टाचारविरुद्ध आवाज उठाएका प्रकरणमा उनी पहिलो पटक जेल भने परेका होइनन्। 

इरानी सरकारको बेथितिविरुद्ध आवाज उठाउँदै आएका पनाहीलाई सरकारले सन् २०१० मै ६ वर्षको सजाय सुनाएको थियो । तर दुई महिना जेल सजाय काटेपछि सरकारले उनलाई सर्तसहित छाडेको थियो । जसमा उनले देश छाड्न नपाउने र फिल्म पनि बनाउन नपाउने मुख्य सर्त थिए ।

त्योबाहेक सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन पनि सरकारले चेतावनी दिएको थियो । यद्यपि उनी अघिल्लो हप्ता सहकर्मी छायाँकारलाई सरकारले समातेर १३ वर्षको जेल सजाय सुनाएपछि त्यसको विरोधमा महान्यायाधिवक्ताको कार्यालयमा प्रदर्शन गर्न गएका थिए । सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाएपछि ती दुई छायांकार पक्राउ परेका थिए ।

उनीहरू पक्राउ परेपछि पनाहीसँगै तीन सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको थियो । गोल्डेन बियर विजेता फिल्म ‘ट्याक्सी’ तथा ‘दिस इज नट अ फिल्म’ जस्ता फिल्मका निर्देशक पनाही महान्यायाधिवक्ताको कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागी भएको भन्दै सरकारले उनलाई पक्राउ गरेर राखेको थियो।  अन्तत उनलाई ६ वर्षको जेल सजाय सुनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ५७ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने