राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै « Khabarhub

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।  समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए । राजनीतिक र आर्थिक दबाबकाबीच गभर्नर अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति ल्याउन लागेका हुन्। बजेट आएको १०-१५ दिनमा आउनुपर्ने मौद्रिक नीति यसपटक राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको टसलका कारण केही ढिलाइ भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : २१ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ