राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै | Khabarhub Khabarhub

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।  समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए । राजनीतिक र आर्थिक दबाबकाबीच गभर्नर अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति ल्याउन लागेका हुन्। बजेट आएको १०-१५ दिनमा आउनुपर्ने मौद्रिक नीति यसपटक राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको टसलका कारण केही ढिलाइ भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : २१ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन