सस्पेन्स र थ्रीलर 'म' (भिडियोसहित)  | Khabarhub Khabarhub

सस्पेन्स र थ्रीलर ‘म’ (भिडियोसहित) 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘म’को टेलर सार्वजनिक भएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को ट्रेलर सार्वजनिक गरिएको हो । सस्पेन्स–थ्रिलर यो फिल्मको टेलरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाइली र पुनम श्रेष्ठलाई देखाइएको छ ।

अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो ।

प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गरेका हुन् । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कन्तिपुर फिल्म एकेडेमीको ब्यानरमा निर्माण भएको फिल्ममा तेन्जिन पाल्देनको छायांकन छ । फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ५३ बजे

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ– कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी