सिंहदरबारमा तीन वटा संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

सिंहदरबारमा तीन वटा संसदीय समितिको बैठक बस्दै


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ भने उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिँचाइ आयोजना र विद्युत प्रसारण आयोजनाको हालको कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित आयोजनाहरुसँग छलफल गरिनेछ ।

यसैगरी, विकास तथा प्रविधि समितिको बैठक पनि बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ, जसमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ।

स्वास्थ्य बीमामा देखिएका समस्या, गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्धमा, कोभिड १९ को संक्रमण दर बढेको, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदनका लगायतका विषयमा छलफल गर्न शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि आजै बस्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ५९ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको