प्रेस युनियनको महाधिवेशन आज सुरु हुँदै, को-को भिड्दैछन् ? | Khabarhub Khabarhub

प्रेस युनियनको महाधिवेशन आज सुरु हुँदै, को-को भिड्दैछन् ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा – नेपाल प्रेस युनियनको ९औँ राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालले आ–आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

‘आज प्रधानमन्त्रीले नवौँ महाधिवेशनको उद्घाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले भने, ‘भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’

सो महाधिवेशनमा संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल  र इतर समूहबाट दिलिप पौडेल बिच तीव्र प्रतिस्पर्धा हुने युनियन आबद्ध पत्रकारले जनाएका छन् ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इतर समूहबाट विष्णु क्षेत्री रहेका छन् भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् ।

केन्द्रिय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्टलगायत छन् भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आइपुगेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ४७ बजे

वित्तीय समावेशीकरण सूचकांक : पहुँच, प्रयोग र गुणस्तरमा वृद्धि

काठमाडौं- वित्तीय समावेशीकरण सूचकांकमा नेपालको विकास हुँदै गएको छ ।

साउने संक्रान्तिको दिन टुँडीखेलमा बझाङ्‍गी देउडा र (तस्बिरहरू) 

काठमाडौं– बझाङ्‍गी समाज काठमाडौंले देउडा पर्व तथा साउने संक्रान्ति मेला

गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१-८२ मा नेपाललले झण्डै पौने

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले