विभिन्न स्थानमा तीन जनाको शव फेला  « Khabarhub

विभिन्न स्थानमा तीन जनाको शव फेला 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, कास्की र बाजुरामा तीन जनाको शव फेला परेको छ । 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ बुढानीलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका थिए । 

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रूपा गाउँपालिका–६ रूपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए । 

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

तीनवटै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : ५२ बजे

विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको