रामकृष्णको ‘काली’ नम्रता (भिडियो)  « Khabarhub

रामकृष्णको ‘काली’ नम्रता (भिडियो) 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । बिहीबार आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन् । सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वयं फिचर छन् भने नम्रता सापकोटा, दिपेश ढकाल र दिपेन गौतमको पनि अभिनय छ ।

भिडियोमा नम्रताले प्रेमलाई हलुका रुपमा लिएको पात्रको रुपमा प्रस्तुत छिन् । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत व्यक्त गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुशी व्यक्त गरे । यो गीतका शब्दले दर्शकको मनछुने उनको विश्वास छ ।

उनले भने, ‘मलाई गीतको शब्द सुन्दा नै मन परेको थियो । संगीत उस्तै मीठो सृजना भयो । भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ ।’ निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्ने भिडियोमा कुनै कसर नछाडेको बताए । त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरैपछि फरक खालको पात्रमा अभिनय गर्न पाएको खुशी व्यक्त गरिन् । गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ५१ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको