नरबहादुर धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ? « Khabarhub

नरबहादुर धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुनः संसदीय समितिमा पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले भू-राजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।

उनका अनुसार भुटानमा सन्तानले नागरिकता पाइसकेपछि मात्र बाबुआमाले नागरिकता पाउने प्रावधान भएको नजीरलाई ख्याल गर्नुपर्ने धामीको प्रस्ताव छ । ‘नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिइने भन्ने संसदीय समितिमा सहमति भएको थियो, सरकारले त्यो विधेयक पारित गराउन प्रयास नगरेर अहिले किन त्यो व्यवस्था हटाएर नयाँ विधेयक ल्याइयो ?,’ धामीले प्रश्न गरेका छन्, ‘त्यसैले यो विधेयकलाई आजै नै पारित नगरेर संसदीय समितिमा फिर्ता पठाइयोस् ।’

नागरिकता जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा पारित नगर्न उनले माग पनि गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ४२ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक