नागरिकता विधेयकमा सरकारले छलफल होइन, छल गर्‍यो : भीम रावल « Khabarhub

नागरिकता विधेयकमा सरकारले छलफल होइन, छल गर्‍यो : भीम रावल


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमति विपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।

‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमति विपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दुष्चक्रमा पारिँदै छ ।’

यसअघि सो नागरिकता विधेयकमा ६ वटा संशोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनी विधेयक समितिमा लैजान माग गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १९ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ