रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका सबै मजुदूरको सुरक्षित उद्धार « Khabarhub

रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका सबै मजुदूरको सुरक्षित उद्धार


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका सबै मजदूरको सुरक्षित उद्धार भएको छ ।

शुक्रवार बिहान पाँच बजेदेखि सात बजेको समयमा सबै मजदूर सुरक्षित उद्धार गरिएको रसुवाकी सहायक प्रमुख जिल्ला अधकिारी सपनाकुमारी भट्टराईले खबरहबलाई जानकारी दिइन् । बिहीबार बेलुका काम गर्न सुरुङ परेका १७ जना मदजूरलाई सुरुङभित्र थुनिएका थिए । सुरुङमा थुनिएका ११ नेपाली र ६ चिनियाँलाई सुरक्षा निकायसहितको टोलीले बिहानै उद्धार गरेको भट्टराईले बताइन् ।

बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो।सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर थिए । नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ। गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ ।

यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ। पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएको थियो । यो टोलीले बिहान सात बजेभित्र सबैको उद्धार गरेको हो । उद्धारका लागि नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम खटिएको थियो ।

राति नै उद्धारको प्रयास भएपनि बिहानमात्र उद्धार सम्मभ भएको थियो । बेलुका गरिएको उद्धारका क्रममा माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न सकिएको थिएन । बिहान उज्यालो भएपछि सबैलाई सहज रुपमा निकालिएको आयोजना प्रमुख छवि गैरेले बताए।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : ४३ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय