नाइजेरियामा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु « Khabarhub

नाइजेरियामा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको कादुना राज्यमा सवारी दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

सडकमा गुडिरहेका तीनवटा बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि बसहरुमा आगो लागेको थियो ।

दुर्घटनामा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । जारिया र कानो सहरलाई जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो ।

नाइजेरियाको सडक सुरक्षा निकायका क्षेत्रीय कमाण्डर हफिज मोहम्मदले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितहरु अधिकांश महिला एवम् बालबालिका रहेका छन् ।

अधिकारीहरुले सवारी चालकको अधैर्यताका कारण दुर्घटना भएको जानकारी दिएका छन् । नाइजेरियामा यस्तो प्रकृतिका सडक दुर्घटनाहरु बेला बेला हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी