युक्रेनी अन्नको आपूर्ति सहज बनाउने विषयमा रुस र युक्रेनबीच सहमति जुटेको टर्कीको भनाइ « Khabarhub

युक्रेनी अन्नको आपूर्ति सहज बनाउने विषयमा रुस र युक्रेनबीच सहमति जुटेको टर्कीको भनाइ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृष्ण सागरबाट युक्रेनी अन्न निर्यातलाई सहज पहुँच दिने विषयमा रुससँग सहमति जुटेको टर्कीले जनाएको छ ।

यसबारे शुक्रबार टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर अन्नको भाउ उच्च भएको छ । रुस र युक्रेन विश्व बजारमा अन्नको सबैभन्दा महत्वपूर्ण आपूर्तिकर्ता मुलुक रहेको बताइन्छ ।

रुसले युक्रेनी बन्दरगाहबाट अन्न एवम् अन्य अत्यावश्यक खाद्यसामग्री निर्यात गर्न बन्देज लगाइदिएको छ । यसबाट युक्रेनमा २ करोड टन अन्न युक्रेनमा नै सञ्चित भएको छ ।

यता अमेरिकाले भने संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सहमतिको स्वागत गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यस सहमतिको कार्यान्वयन भने चुनौतिपूर्ण रहेको टिप्पणी गरेका छन् ।

‘पहिलो कुरा त सुरुमा हामीले यस्तो अवस्था आउनै दिनु हुँदैनथ्यो । रुसी महासंघले जानाजान खानेकुरालाई हतियारका रुपमा प्रयोग गरिरहेको छ ।’ प्राइसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०९ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले