मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण | Khabarhub Khabarhub

मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले देशको सबैभन्दा महत्वपूर्ण सैनिक अखडालाई लक्षित गरी आक्रमण गरेका छन् । राजधानी बामाको नजिकै रहेको सैनिक अखडालाई लक्षित गरी आक्रमणकारीले हमला गरेका हुन् ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा शुक्रबार सबेरै गोलाबारी र विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण सुरु भएलगत्तै हाल मालीको शासन चलाइरहेको सैनिक सरकारका अन्तरिम राष्ट्रपति कर्णेल असिमी गोइटा राजधानी तर्फ भागेका थिए ।

हमलामा भएको हताहतीबारे कुनै विवरण सार्वजनिक गरिएको छैन । यद्यपि मालीको सुरक्षा बलले आक्रमणमा दुई जना आक्रमणकारीलाई ‘तटस्थ’ पारेको दाबी गरेको छ ।

मालीको सेनाले आक्रमण निस्तेज पारिदिएको दाबी गरेको छ । ‘मालियन सेनाले काटी आधार शिविरमा गराइएको आतंककारी आक्रमणलाई निस्तेज पारेको छ । बिहान सबेरै ५ बजे दुई कार बम विस्फोट भएका थिए ।’ मालीको सुरक्षा बलले सामाजिक सञ्जालमा ट्विटरमा जानकारी दिएको छ ।

काटी आधार शिविर मालीमा हालैका वर्षहरुमा भएका सैनिक विद्रोहको केन्द्रमा रहने गरेको छ । सन् २०१२ र सन् २०२२ मा दुईवटा सफल सैनिक तख्तापलट पनि यही आधार शिविरबाट सुरु भएको रोयटर्सले जनाएको छ ।

मालीमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहहरुले सैनिक तथा गैरसैनिक सार्वजनिक निशानालाई लक्षित गरी बेलाबेला यस्ता आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : १९ बजे

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा