बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन | Khabarhub Khabarhub

बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ ।

चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् ।

ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु प्रभावित भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ बैंकहरुको यस्तो कदमपछि प्रदर्शनमा उत्रेका निक्षेपकर्तालाई तितरबितर बनाउन चिनियाँ प्रहरीले बल प्रयोग गरेका थिए ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार प्रदर्शनकारीको मागबारे चिनियाँ अधिकारीहरुले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पछिल्लो प्रदर्शनलाई चीनमा केही दशक यताकै सबैभन्दा ठूलो प्रदर्शनका रुपमा लिइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ०९ बजे

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको

इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि

एनसेल ल्यायो ‘सधैँ अन करोडपति’ योजना, १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार

काठमाडौं– एनसेलले ग्राहकका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ