कर छली गर्न भिभोले ६ खर्ब २४ अर्ब भारु विदेश लगेको भारतको आरोप | Khabarhub Khabarhub

कर छली गर्न भिभोले ६ खर्ब २४ अर्ब भारु विदेश लगेको भारतको आरोप


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोमाथि कर छली गरेको आरोप लगाएको छ ।

भिभोले करबाट जोगिनका लागि अवैधानिक माध्यमले भारतबाट ६ खर्ब २४ अर्ब ७६ करोड भारतीय रुपैयाँ (झण्डै ८ अर्ब अमेरिकी डलर) विदेश लगेको भारतीय पक्षको आरोप छ । यसमध्ये अधिकांश रकम भिभोले चीनतर्फ लगिएको पाइएको छ ।

यो रकम सन् २०१४ यता भारतमा व्यापार थालेदेखि भिभोले आम्दानी गरेको कूल १२ खर्ब ५० अर्ब भारतीय रुपैयाँको झण्डै आधा रहेको जापानी अखबार एसिया निक्केको अनलाइन संस्करणले जनाएको छ ।

यसबारे छानबिन भइरहेको भारतीय सम्पत्ति शुद्धिकरण निवारण निकायले जनाएको छ ।

यसअघि पनि विभिन्न चिनियाँ कम्पनीहरुले कर छली गर्नका लागि भारत तथा अन्य मुलुकहरुबाट अवैध तरिकाले पैसा विदेश लैजाने गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ३० बजे

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको