कर छली गर्न भिभोले ६ खर्ब २४ अर्ब भारु विदेश लगेको भारतको आरोप « Khabarhub

कर छली गर्न भिभोले ६ खर्ब २४ अर्ब भारु विदेश लगेको भारतको आरोप


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोमाथि कर छली गरेको आरोप लगाएको छ ।

भिभोले करबाट जोगिनका लागि अवैधानिक माध्यमले भारतबाट ६ खर्ब २४ अर्ब ७६ करोड भारतीय रुपैयाँ (झण्डै ८ अर्ब अमेरिकी डलर) विदेश लगेको भारतीय पक्षको आरोप छ । यसमध्ये अधिकांश रकम भिभोले चीनतर्फ लगिएको पाइएको छ ।

यो रकम सन् २०१४ यता भारतमा व्यापार थालेदेखि भिभोले आम्दानी गरेको कूल १२ खर्ब ५० अर्ब भारतीय रुपैयाँको झण्डै आधा रहेको जापानी अखबार एसिया निक्केको अनलाइन संस्करणले जनाएको छ ।

यसबारे छानबिन भइरहेको भारतीय सम्पत्ति शुद्धिकरण निवारण निकायले जनाएको छ ।

यसअघि पनि विभिन्न चिनियाँ कम्पनीहरुले कर छली गर्नका लागि भारत तथा अन्य मुलुकहरुबाट अवैध तरिकाले पैसा विदेश लैजाने गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ३० बजे

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा