पूर्वप्रधानमन्त्री आबेको सम्मानमा जापानले ‘राष्ट्रिय अन्त्येष्टि’ गर्ने « Khabarhub

पूर्वप्रधानमन्त्री आबेको सम्मानमा जापानले ‘राष्ट्रिय अन्त्येष्टि’ गर्ने


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ । सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो । उक्त अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

यो समारोह टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिनेछ । सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनका प्रशंसनीय उपलब्धिहरू र विदेशी नेताहरूसँगको उनको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि उपयुक्त बनाएको बताए ।

उनले थपे, “हामी अन्त्येष्टि समारोहमा सहभागीता का लागि विशिष्ठ विदेशी पाहुनालाई पनि स्वीकार गर्नेछौँ । हामीसँग कूटनीतिक सम्बन्ध भएका देशहरुलाई यसबारे विस्तृत जानकारी दिइनेछ ।”

जुलाई ८ मा पश्चिमी शहर नारामा आबेलाई गोली हानिएको थियो । उनका आरोपित हत्यारा टेत्सुया यामागामी हिरासतमा छन् र उनले आबेलाई निशाना लगाएको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ३७ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि