झापामा मोटरसाइकल र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु, तीनजना घाइते « Khabarhub

झापामा मोटरसाइकल र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु, तीनजना घाइते


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको छ । कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नंको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको आज दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ०४ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र