अमेरिकामा एक दशकपछि पहिलो पटक भेटिए पोलियोका बिरामी « Khabarhub

अमेरिकामा एक दशकपछि पहिलो पटक भेटिए पोलियोका बिरामी


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले झन्डै एक दशकमा पहिलो पटक अमेरिकामा पोलियोको विरामी भेटिएको बिहीबार जनाएको छ । न्यूयोकको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो ।अधिकारीहरूले स्वास्थ्यकर्मीहरूलाई थप घटनाहरूको प्रतीक्षा गर्न चेतावनी दिए र खोप नलगाएका इलाकाका मानिसहरूलाई पोलियो खोपको मात्रा लिन आग्रह गरेका छन् ।

न्यूयोर्कको स्वास्थ्य विभागले भनेको छ, ‘यसले सङ्केत गर्छ कि यो भाइरस अमेरिकाबाहिरको कुनै स्थानमा उत्पन्न भएको हुनसक्छ जहाँ ओपीभी दिइन्छ किनकी निष्क्रिय खोपबाट उल्टो तनाव उत्पन्न हुन सक्दैन ।’

अमेरिकामा सन् १९८८ पछि पोलियोको सङ्ख्या ९९ प्रतिशतले घटेको छ । सन् १९८८ मा १२५ वटा देशमा पोलियो फैलिएको थियो भने विश्वभरि ३,५०,००० बिरामीको सङ्ख्या रेकर्ड गरिएको थियो । संयुक्त राज्य अमेरिकामा सन् १९५० दशकको अन्ततिर र १९६० दशकको सुरुतिर खोप विकास भएपछि पोलियोको नाटकीय ढङ्गमा कमी आएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ३८ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र