ड्यानी आल्भेस मेक्सिकन क्लब युनिभर्सिडेडमा अनुबन्धित « Khabarhub

ड्यानी आल्भेस मेक्सिकन क्लब युनिभर्सिडेडमा अनुबन्धित


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिलका फुटबलर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन् । मेक्सिकन क्लबले आल्भेसलाई क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।

३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । आल्भेस गत जनवरीमा ६ महिनाको लागि बार्सिलोनामा ५ वर्षपछि फर्र्किएका थिए । यसअघि आल्भेसले सन् २०१६ मा बार्सिलोना छाडेका थिए ।

ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए । ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन् । आल्भेसले बार्सिलोनाबाट ६ ला लिगा, ४ कोपा डेल रे, ४ सुपर कोपा, २ कोपा क्याटलुनिया, १ सुपर कोपा क्याटलुनिया, ३ च्याम्पियन्स लिग, ३ सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ५६ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको