सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी भन्छिन् – ‘सेतो धरती’ पढिरहेकी छु, मन छोएको छ « Khabarhub

सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी भन्छिन् – ‘सेतो धरती’ पढिरहेकी छु, मन छोएको छ


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारी यतिबेला फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा केकी अभिनेता दीपकराज गिरीको अपोजिटमा देखिँदै छिन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहन्छिन् । अहिले शूटिङ सेटमा समय मिलिहाल्यो कि, उनी पुस्तक पढ्न थाल्छिन् । केकीले समाजमा के भइरहेको छ र के हुनुपर्ने हो भन्नेमा पनि उत्तिकै चासो राख्छिन् ।

सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी यतिबेला साहित्यकार अमर न्यौपानको चर्चित उपन्यास ‘सेतो धरती’ पढिरहेकी छिन् । खबरहबसँगको कुराकानीमा केकीले भनिन्, ‘म त्यस्तो धेरै पढ्ने पाठक त होइन तर समय मिलाएर पढिरहेकी हुन्छु, आजभोलि सेतो धरती पढिरहेकी छु, मन छोएको छ ।’

त्यसो त केकीसँग यतिबेला खासै पढ्ने फुर्सत पनि छैन । किनकि फिल्मको छायांकनले व्यस्त बनाएको छ उनलाई । ‘समय मिलाएर पढिरहेकी छु,’ उनले भनिन् ।

चलचित्र ‘वीर विक्रम २’ को पीजी समीक्षा गरेका कारण पक्राउ परेका प्रनेश गौतमको विषयमा पनि केकीले आफ्नो धारणा राखिन् । सामाजिक सञ्जालमा उनले महिला हिंसा र जीवन दर्शनका विषयलाई महत्त्वका साथ शेयर गरेकी हुन्छिन् ।

‘महिलाहरुमा आक्रमण धेरै अगाडिदेखि हुन थालेको हो, नेपालमा महिला मानसिक रुपमै दबिएका छन्, हुन त शिक्षा कम हुनेबित्तिकै नै समाजमा समस्या आउँछ,’ केकीले थपिन्, ‘महिलाहरु कसैको प्रेसरमा बस्नुपरेपछि मन नै अस्थिर बनिदिन्छ, सामाजिक रुपमा महिलामा नै धेरै आक्रमण किन हुन्छ भन्ने पनि बुझ्न जरुरी छ ।’

केकीले नेपालमा महिलाहरु अझै सुरक्षित बन्न नसकेको धारणा समेत राखिन् ।

पछिल्लो समय केकी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छिन् । अभिनयका कारण फ्यानको तारिफ पाउने केकीले ‘छ माया छपक्कै’ मा कस्तो माया देखाउने हुन्, त्यो भने हेर्न बाँकी छ । फिल्ममार्फत पनि महिला हिंसाको विषय उठाइनुपर्छ भन्नेमा केकीको जोड रहन्छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ५७ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज