वेस्ट इन्डिजमाथि भारतको जित « Khabarhub

वेस्ट इन्डिजमाथि भारतको जित


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।

शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै ३०८ रन बनायो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : २४ बजे

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा