कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी | Khabarhub Khabarhub

 कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर  आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मूलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।

निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल  ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ५५ बजे

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात