दीपाश्री र सुमित विराटनगर महानगरपालिकाका सद्भावना दूत « Khabarhub

दीपाश्री र सुमित विराटनगर महानगरपालिकाका सद्भावना दूत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – निर्देशक तथा कलाकार दीपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।

महानगरपालिकाले आइतवार विराटनगरमा सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले खड्का र निरौलालाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

निर्देशक दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर थप जिम्मेवारी महसूस गरेको भन्दै महानगरपालिका परिवारलाई धन्यवाद दिएकी छिन् ।

निर्देशक निरौला र गायक खड्का दुवै विराटनगरवासी हुन् ।

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले कलाकारको सम्मान र समग्र विराटनगरको विकासका लागि सद्भावना दूत नियुक्त गरेको बताए ।

गायक सुमित खड्काले राष्ट्रिय गीत समेत गाएका छन् भने दीपाश्री निरौला फिल्म क्षेत्रमा सक्रिय छिन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५७ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा