युक्रेनबाट अन्न निर्यातको नयाँ बाटो | Khabarhub Khabarhub

युक्रेनबाट अन्न निर्यातको नयाँ बाटो


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसले युक्रेनमा आक्रमण गरिरहेको समयमा थुप्रै खराब अवस्था देखिए पनि केही सुखद सङ्केत देखिएका छन्। रुस र युक्रेन दुवै देश युक्रेनमा रहेको ‘ग्रेन कार्गो’ मार्फत् संसारका अन्य देशमा लैजानका लागि सहमत भएका छन्। रुसको घेराबन्दीमा युक्रेन परेका कारण त्यहाँ अन्न रोकिएको थियो। यसरी अन्न रोकिएका कारण संसारको बजार प्रभावित भएको थियो।

अहिले निर्यातका लागि तयार पारिएका दुई करोड टन अन्न युक्रेनमा रोकिएका छन्। युक्रेनमा राष्ट्रपति भोलोडोमिर जेलेन्सकीले अहिले देखिएको सङ्कटका कारण आउँदो वर्षमा सात करोड ५० लाख टन बढी उत्पादन गर्नुपर्ने बताएका छन्। यो वर्ष युद्धकै कारण कम उत्पादन भएको छ। चाथम हाउसका थ्रींक ट्याङ्क तथा खाद्य सुरक्षा विशेषज्ञ लाउरा वेल्सीले युक्रेनमा उत्पादन हुने गरेका आठ करोड ६० लाख टनमा ३० प्रतिशत कमी आएको बताएका छन्।

युक्रेन संसारको चौंथो ठूलो अन्न निर्यात गर्ने देश हो। यसले संसारको ४२ प्रतिशत सूर्यमुखी तेल उत्पादन गर्ने गरेको छ। १६ प्रतिशत मकै उत्पादन गर्ने युक्रेनले ९ प्रतिशत गहुँ उत्पादन गर्ने गरेको छ। त्यसो त संसारमा सबै भन्दा धेरै अन्न उत्पादन गर्ने रुस आफै पनि युद्धमा अल्झिएको छ। यसले त्यहाँको उत्पादनमा पनि कमी आएको छ।

अहिले पश्चिमा देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। प्रतिबन्धका कारण त्यहाँ रहेका धेरै अन्न अन्यत्र जान सकेका छैनन्। अफ्रिकन विकास बैंकले जनाए अनुसार अफ्रिकामा ४० प्रतिशत गहुँ रुस र युक्रेनबाट आयात हुने गरेका थिए। ३० मिलियन टन अहिले त्यत्तिकै रोकिएको छ। यसको कारण अफ्रिकामा अन्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको छ।

यसको असर सबै भन्दा बढी पर्ने अफ्रिकी देशमा नाइजेरिया रहेको छ। नाइजेरियामा पास्ता र रोटीको मूल्यमा ५० प्रतिशतले वृद्धि भएको छ। यसैगरी यमनले युक्रेनबाट वार्षिक १० लाख टन गहुँ आयात गर्ने गरेको थियो। जनवरीदेखि मे सम्ममा नै त्यहाँ आयातमा कमी आएपछि पिठोमा ४२ प्रतिशत तथा रोटीमा २५ प्रतिशतले मूल्य वृद्धि भएको थियो।

युक्रेनबाट धेरै गहुँ निर्यात गर्ने अर्को देश सिरियामा त अहिले रोटीको मूल्य दुई गुना बढी भएको छ। लाउरा वेल्सीले त युक्रेनको अन्न नमगामा मध्यपूर्व र अफ्रिकाका धेरै देश भोकमरीकै समस्यामा पर्ने चेतावनी दिइसकेका छन्।

उनले यसै कारणले पिठो र पाउरोटीको मूल्य बढ्ने मात्र होइन, सामाजिक अशान्ति समेत मच्चिन सक्ने चेतावनी दिएका छन्। रुस र युक्रेनका बीचको यो समझदारीमा संयुक्त राष्ट्र सङ्घ र टर्कीको निगरानीमा ब्ल्याकसीको कोरिडोर खुला गरिने छ। यो कोरिडोरको बाटो हुँदै अन्नहरू त्यहाँबाट बाहिर जाने छन्।

बन्दरगाहको विशेष बाटो हुँदै युक्रेनका ती अन्न भएका पोतहरू बाहिर र भित्र गर्ने छन्। यसैगरी सम्झौता अनुसार त्यहाँको अन्न बोक्ने पोतहरू ओहोरदोहोर गर्दा रुसले युद्ध बिरामको नीतिलाई मान्ने छ। टर्कीले यी सबै कुराको निगरानी गर्ने छ। यसै बाटो भएर रुसले हतियार ओसार पसार गर्ने खतरामा पनि टर्कीले ध्यान दिने छ। रुसले पनि ब्ल्याकसीको त्यही बाटो प्रयोग गरेर अन्न र मललाई अन्यत्र लैजान सक्नेछ।

रुसले युक्रेनमा हमला गरेको धेरै महिना भइसकेको छ। यस बीचमा ब्ल्याक सीमा जहाज जानु अचम्मकै विषय हो। धेरैका लागि यो एउटा चुनौती हो। यो चुनौतीसँग सामना गर्दै त्यहाँ पुग्ने पोतका लागि खर्च पनि बढी हुने भएको छ।

जहाज त्यहाँ गए बापत बिमा अनिवार्य गरिएको छ। एक पटक त्यहाँ गए बापत बीमा रकम अतिरिक्त ५ प्रतिशत या १० प्रतिशत शुल्क राखिएको छ। बीमा कम्पनी लोयडक मार्केटका नेल रोबर्ट्सले यो शुल्क कम भएको जिकिर गरेका छन्। तथापि उनले अहिले संसारमा बढ्दै गएको भोकमरीको समस्यामा यसले केही राहत दिने भएका कारण केही लचिलो भएको बताए। ‘यसले धेरैलाई राहतको सास दिने छ’, उनले भने।

यस लडाइँ भन्दा अगाडि युक्रेनले ९० प्रतिशत भन्दा बढी खाद्यान्न समुद्रमार्फत् निर्यात गर्ने गरेको थियो। जब बन्दरगा बन्द भएको थियो। त्यसपछि युक्रेनले अधिकतम रूपमा जमिनकै प्रयोग गरेको थियो। यस क्रममा युक्रेनले कुनै समान बाहिर पठाउँदा होस या देशका आयात गर्दा ट्रक र रेललाई प्राथमिकता दिएको थियो।
युरोपेली युनियनले भने अझै एउटा ‘सोलीडारीटी लेन’ प्रयोग गर्ने प्रयास गरिरहेको छ। यो भएमा युक्रेनी जहाज बेल्टीक बन्दरगाह या रोमानीयाको कन्सन्टाको बन्दरगाहमा पनि पुग्न सक्ने छ। अथवा अर्को विकल्पको रूपमा ‘दानुबो नौका’ मार्फत् पनि युक्रेनबाट खाद्यान्न आयात गर्ने बाटो खुला हुनसक्ने छ।

युक्रेनमा एउटा प्राविधिक समस्या पनि छ। त्यहाँको रेलको लिग युरोपका अन्य सहरका भन्दा फराकिलो छ। यसको मतलब युक्रेनको कुनै स्थानमा लोड गरिएको अन्न सीमा क्षेत्रमा पुगेर फेरि अनलोड गर्नुपर्ने हुन्छ। यस कारण यो बाटो प्रयोग गर्दा युरोप पार भएर बाल्टिक बन्दरगाहमा ती अन्न लैजान तीन सातासम्म लाग्न सक्नेछ।

युक्रेनको ग्रेन एसोसिएसनले यस बाटोबाट महिनाको १५ लाख टन अन्न मात्र निर्यात गर्न सकिने जनाएको छ। युद्ध भन्दा अगाडि युक्रेनले यस बाटोबाट महिनामा ७० लाख टन भने निर्यात गरेको थियो। राष्ट्र सङ्घका अधिकारीले दिएको जानकारी अनुसार एक सातामै पहिलो जहाज त्यहाँबाट निस्कने छ। यसपछि निर्यातको क्रमले निरन्तरता पाउने छ। प्रत्येक महिना ५० लाख टन युक्रेनबाट खाद्यान्न संसारका अन्य देशमा जाने छन्।

मानवीय संवेदनालाई ध्यानमा राख्दै यो सम्झौता गरेको दाबी दुवै देशले गरे पनि अहिलेसम्म शान्तिको कुनै लक्षण देखिएको छैन। इस्तानबुलको एउटा कोठामा यी दुई देशका सरकारी अधिकारीबीच सम्झौता भइरहँदा केही पर बमबारी तथा गोली चल्नेक्रम रोकिएको थिएन।

राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले लामो प्रयासपछि यो कठिन सम्झौता भएको बताएका छन्। यस सम्झौतालाई ‘ बेकन इन द ब्ल्याक सी’ नाम दिइएको छ। नर्थ इस्टर्न विश्वविद्यालयका ग्लोबल रेसीलेन्स इन्सटीच्युटका संस्थापक निर्देशक स्टेफन इ फ्लाइनले आवश्यक खाद्यान्न उपलब्ध गराउन अझ कठिन हुने बताएका छन्। उनले शङ्का व्यक्त गरे जस्तै योजना अनुसार सबै काम हुन्छ या हुँदैन भन्ने कुरा यकिन गर्न केर्न समय कुर्नै पर्ने हुन्छ।

यो युद्ध चाँडै सकिने कुनै सम्भावना देखिएको छैन। एकातिर अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको। अर्कोतर्फ रुसी भ्लाडिमिर पुटिनले पश्चिमा देशले आफूमाथि लगाएको प्रतिबन्धका कारण संसारकै अर्थतन्त्र प्रभावित भएको त बताएका छन्। तर, उनले पनि युद्धबाटपछि हट्ने कुनै सङ्केत देखाएका छैनन्। अहिले रुसको छेउमा रहेका थुप्रै बन्दरगाहबाट सामान ओसार पसार गर्न कठिन भएको छ। यो युद्ध भन्दा अगाडि नै कोरोना महामारीको संसारले समस्या भोगेको थियो।

कोरोना महामारीले धेरैको ज्यान त गयो नै, साथै थुप्रै देशको अर्थतन्त्र पनि डामाडोल भयो। यसै समयमा जलवायु परिवर्तनका कारण संसार नै अर्को समस्यामा अल्झिएको छ। यी सबै समस्याबाट पार पाउन सङ्घर्ष गरि रहेको समयमा रुसले युक्रेनमाथि आक्रमण गरेर सबै संसारलाई दुःख दिने काम गरेको छ।

गरिबी, भोकमरी, र महँगीको मारमा परेका देशलाई यो सम्झौताले पूर्ण समाधान त पक्कै दिँदैन। तथापि राष्ट्र सङ्घ र टर्कीको पहलमा सकारात्मक पहलको सुरुवात भने भएको छ। श्रोत : बीबीसी, न्यु योर्क टाइम्स

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : १९ बजे

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी

काठमाडौं – अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक

धरहरा व्यवसायिक रुपमा खुला, प्रतिव्यक्ति दुईसय रुपैयाँ, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट

काठमाडौं– काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला भएको छ

कोप-१९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा