'नागरिकता विधेयक पास गरेर प्रतिबद्धता पूरा गर्‍यौ' | Khabarhub Khabarhub

‘नागरिकता विधेयक पास गरेर प्रतिबद्धता पूरा गर्‍यौ’


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

यसअघि आफूले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने जनाएको प्रतिबद्धता पूरा गरेको उल्लेख गरे ।

‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ । हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौँ । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहन्छु ।’ उनले भने।

यसबाट फेरी एक पटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको उनले दाबी गरे। नागरिकताकै कारण अब कोही नेपाली अनागरिक बन्नु पर्ने दिन नआउनेसमेत प्रचण्डले बताए ।

तर माओवादीकै केही नेताहरूले भने विधेयकमाथि विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : २७ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।