भीम रावलको प्रश्न : सरकार कहाँ छ, देशमा छ कि अन्त कतै ? « Khabarhub

भीम रावलको प्रश्न : सरकार कहाँ छ, देशमा छ कि अन्त कतै ?


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसद्ले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।

एसपीपीबारे संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले सुने पनि नसुनेझैँ गरेको उनको भनाइ छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे। त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए।

त्यस्तै विशेष समयमा कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै उनले कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा यसको नियन्त्रणमा ध्यान दिनुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : १८ बजे

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको