प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु | Khabarhub Khabarhub

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाले गरेको कारवाहीमा दुईजना प्यालेस्टिनी मारिएका हुन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

इजरायली सेनाले उक्त कारवाहीबारे र कारवाहीमा भएको हताहतिबारे कुनै टिप्पणी नगरेको जनाइएको छ । यद्यपि इजयारली पक्षले नाब्लुसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच ‘गोली हानाहान’ भएको बताएको छ ।

सो क्षेत्रमा गत मार्चको अन्त्यदेखि गरिएको कारवाहीमा हालसम्म कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकु, सर्वसाधारणका साथै अल जजीराका पत्रकार शिरिन अबु अक्लेहसमेत छन् ।

इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको बताइएको छ ।

पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले सो क्षेत्रमा दैनिकजसो सैन्य कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ५४ बजे

सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाईते

विराटनगर– धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा

विपद् पूर्वतयारीमा जुट्न राष्ट्रियसभा सदस्यहरूको जोड

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग बनाउन माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति

शंकै शंकाले झगडा बढ्दा सेनाका जवानले जंगलमा बोलाएर लिए पत्नीको ज्यान

सुर्खेत– विवाहपछि एक अर्काबीचको शंका बढ्दा ज्यानै जानेसम्मको गम्भीर अपराध भएको

बालअधिकार अभियान्ता भुवनलाई वर्ल्ड जुरिस्ट सम्मान पदक

काठमाडौं– न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले