कालिज फार्ममा चितुवाको आक्रमण « Khabarhub

कालिज फार्ममा चितुवाको आक्रमण


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरिकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेका छन् । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदुरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । 

दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दे आएको थियो । फार्मको एक भागमा साना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठूलो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उनले बताए । चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिई तार जालीमा ठोक्किएर मरेको पाइएको छ ।

फार्मभित्र चितुवाका कारण  करिब ४० लाखभन्दा बढीको क्षति भएको छ । कालिज प्रतिगोटा तीनहजार ५०० देखि चार हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्नका लागि राखिएका कालिज मर्दा करिब  ४० लाखदेखि ४५ लाख मूल्य बराबरको क्षति भएको सञ्चालक शेर्पाले उल्लेख गरे ।

 चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उनको भनाइ थियो । फार्मका मजदुरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो । घाइते चितुवालाई आज बिहान काठमाडौँबाट आएको टोलीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजेपनि नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर  नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताएका छन्। 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : १७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की