फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द « Khabarhub

फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ ।

नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ ।

उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण सम्झौता गरिएको थियो ।

नयाँ राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनको एक्जिम बैंकसँगको उक्त सम्झौता रद्द गरेका हुन् ।

फिलिपिन्सको फिलिपिन नेशनल रेल्वेज, सुबिक क्लार्क रेल्वे प्रोजेक्ट र मिन्डानाओ रेल्वे प्रोजेक्टका लागि सन् २०२१–२०२२ मा ती ऋणका लागि फिलिपिन्स सरकारले चिनियाँ बैंकसमक्ष निवेदन दिएको फिलिपिन्सको यातायात विभाग अन्तर्गतको रेल्वे शाखाका उपसचिव सेजर चाभेजले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : १८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२